Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

एमालेको सचिवालय बैठक बस्दै


काठमाडौं, १५ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेको सचिवालय बैठक


तपाईको कमेन्ट लेख्नुहोस्