यो गठबन्धन दीगो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन : पूर्वप्रधानमन्त्री झलनाथ खनाल
काठमाडौं, १३ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले यो गठबन्धन पनि दीगो हुनेमा शंका व्यक्त गरेका छन् ।
बङ्गलादेशको तीनदिने भ्रमण सकेर फर्किने क्रममा आज त्रिभुवन विमानस्थलमा पत्रकारसँग नेता खनालले निर्वाचन भएको तीन महिनामा तीनवटा गठबन्धन बनेको भन्दै यो गठबन्धनको आयु पनि दीगो नहुने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘निर्वाचन भएको तीन महिनामा तीनवटा मात्रै गठबन्धन देखा परेका छन् । यो गठबन्धनको शृङ्खला आगामी पाँच वर्षमा हामीले धेरै देख्न पाउने छाँै । त्यसैले यो तेस्रो गठबन्धन मात्रै हो । त्यसैले यी गठबन्धनबाट देशले धेरै ठूलो पाउनेछ भन्नेमा मलाई विश्वास छैन ।’
उनले अहिलेको जस्तो संसदमा गठबन्धनको आयु लामो नहुने भन्दै यो गठबन्धनलाई पनि भ्यागुताको धार्नीको संज्ञा दिए । उनले भने, ‘त्रिशंकू संसदमा कुनै पनि गठबन्धनको आयु लामो हुँदैन । त्यसैले सामान्यत त्रिशंकू संसदका गठबन्धन भ्यागुताको धार्नी मात्रै हुन् त्यसैले दीगो हुन्छ भन्ने कुनै पनि ग्यारेन्टी छैन् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झलनाथ खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्