खांदबारी-नुम सडककाे ठेकेदारलाई कारवाहि गरियाेस : सांसद खड्का
संखुवासभा । सङ्खुवासभाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य दिपक खड्काले खाँदबारी नुम सडक कालाेपत्रे गर्ने ठेक्काकाे ठेकेदारलाई कारवाहि गर्न माग गरेका छन् । शुक्रबारकाे प्रतिनिधी सभा बैठककाे शुन्य समयमा बाेल्दै सांसद खड्काले ठेकेदारले काम नगरेकाे भन्दै कार्वाहि गर्न माग राखेकाे हाे ।
त्रिदेशीय नाका जाेड्ने उत्तर दक्षिण काेशी राजमार्ग अन्तर्गतकाे खाँदबारीदेखि नुमसम्मकाे ४६ किलाेमिटर सडक कालाेपत्रे गर्नकाे लागि ठेक्का लिएकाे ठेकेदारले २ बर्ष पुग्न लाग्दा पनि १५ प्रतिशत समेत काम नभएकाेले उक्त ठेकेदारलाई कारवाहि गरि अर्काे ठेक्का लगाउन समेत माग गर्नुभयाे ।
उत्तर दक्षिण काेशी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्म कालाेपत्रे गर्नकाे लागि शर्मा शिवशक्ति जेभि हेटाैडा ४ मकवानपुरले ठेक्का पारेकाे थियाे । १ अर्ब २७ कराेड रुपैयाँमा २०७८ असार १७ गते सम्झाैता गरिएकाे थियाे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिपक खड्का, #नेपाली कांग्रेस, #प्रतिनिधि सभा, #प्रतिनिधिसभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्