राष्ट्रपति निर्वाचन : पुरानै गठबन्धन ब्युँतिने सम्भावना कति ?
काठमाडौं –राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरुको सक्रियता बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पनि विभिन्न दलसँग छलफल गर्दैछन्। प्रचण्डले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा तथा लोकतान्त्रिक समाजवादी लोसपासँग पुनः छलफलको तयारी गरेका छन्।
उनले बिहीबार दलहरूसँग छलफल गरेपछि पुनः कांग्रेससँग छलफल गरेर राष्ट्रपति उम्मेदवारको खाका बनाउने तयारी भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। बालुवाटारमा बुधबार भएको छलफलमा पुरानो गठबन्धनका अन्य दलसँग पहिले प्रचण्डले छलफल गर्ने र त्यसपछि संयुक्त छलफल गरी राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति भएको थियो।
बिहीबार नै नेपाली कांग्रेसले आन्तरिक छलफल गरेर उम्मेदवार टुंगो लगाउने भएको छ। त्यसका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने नेता पौडेलले जानकारी दिए।
कार्यसम्पादन समितिको बैठकको समय तय भइसकेको छैन। राष्ट्रपति पदमा शनिबार उम्मेदवारी मनोनयनको कार्यतालिका छ। राष्ट्रपति पदमा नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेपछि कांग्रेस र माओवादी पुरानै गठबन्धन ब्युँत्याएर अघि बढ्ने तयारी गरेका हुन्। कांग्रेस नेतृत्वको गठबन्धन ब्युँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म मूर्तरूप लिने नेताहरूले बताएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्