कृषि विकास बैंकका नवनियुक्त सिइओ गुरुङले सम्हाले कार्यभार
काठमाडौं, ८ फागुन । गत शनिबार नियुक्त भएका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले आज सोमबार पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त सिइओ गुरुङलाई सञ्चालक समितिका कार्यवाहक अध्यक्ष तथा सिइओ छनोट उपसमितिका संयोजक सुमन दाहालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
तत्कालीन सिइओ अनिल उपाध्यायको कार्यकाल पुस १० गतेदेखि सकिए पनि शनिबार मात्रै नयाँ सिइओ नियुक्त गरिएको थियो ।
को हुन् कृषि विकास बैंकका नवनियूक्त सीईओ
गुरुङ ?
सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोबिन्द गुरुङ नियुक्त भएका छन् । अनिल उपाध्याय चार बर्षे कार्यकाल पुरा गरेर अवकाश भएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो।बैंक सञ्चालक समितिले शनिवार गुरुङलाई नियुक्त गरेको हो।
उनी हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहेको सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। सिभिल बैंक छाडेर उनी म्यानमारको एक बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए। त्यसपछि उनी कृषि विकास बैंकमा नियुक्त भएका हुन्। चार बर्षे कार्यकालका लागि गुरुङले नियुक्ति लिएका हुन्। उनी हिमालयन बैंक,ग्लोबल बैंक,मेगा बैंक हुँदै सिभिल बैंक पुगेका थिए।
लमजुङमा जन्मिएका गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।
उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे २ वर्ष काम गरे ।
त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे । सिभिल बैंक छाडेर उनी विदेशी बैंकमा काम गर्न गए । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । उनले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #कृषि विकास बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्