बालुवाटारमा प्रचण्ड-ओलीबीच दुई घण्टा के भयो कुराकानी ?
राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वासको बढ्दै गइरहेको बेलामा प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका थिए।
भेटवार्ता पछिल्लो समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्यकिरण शर्माले बताए।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा दुई नेताले भेटघाट बाक्लो बनाएका छन्। राष्ट्रपति निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले बतायो।
‘रास्वपाले सरकार छाडेपछि गृहसहित महत्त्वपूर्ण मन्त्रालय रिक्त छ। त्यसैले सरकारलाई चाडै पूर्णता दिनुपर्छ भन्ने विषयमा उहाँहरू एकमत हुनुहुन्छ। तर, रास्वपालाई पनि सरकारमै फिर्ता ल्याउने विषयमा पनि छलफल भइरहेको छ’ स्रोतले भन्यो।
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ। एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ।
माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने गाइँगुइँ चलिरहेका बेला ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। यसअघि प्रचण्ड ओली निवास बालकोट पुगेरै भेटघाट गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्