Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

एयर एम्बुलेन्स आउन ढिला हुने भएपछि सांसद भण्डारीलाई श्रीएयरलायन्स चार्टर्ड गरेर दिल्ली लैजाने तयारी


काठमाडौं । ग्यास सिलिण्डर विष्फोट हुँदा जलेर गम्भीर भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको दिल्ली लगिँदै छ । एयर एम्बुलेन्स मगाएर भारत लैजाने तयारी गरिएका बेलामा एयर एम्बुलेन्स आउन ढिला हुने भएपछि श्रीएयरलाइन्स चार्टर्ड गरेर लैजाने तयारी भएको हो ।

त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लागिरहेका छन् । साथै सरकारले पनि संयन्त्र प्रयोग गरिरहेको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीसँगै उनकी आमा ८६ वर्षीया हरिकलालाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो । बिहान बसेको चिकित्सकहरुको छलफलले थप उपचारका लागि बाहिर लैजाने सल्लाह दिएको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #सांसद भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्