Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

बालाजु क्षेत्रमा आगजनी र तोडफोडको जिम्मा ल्होत्सेले लिनुपर्छ : यातायात मजदुरका नेता


काठमाडौं । सरकारसँग वार्तामा सहभागी यातायात व्यवसायीका नेताहरुले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका छन् ।

आन्दोलनपछि कोणसभाका लागि गएका आफ्ना मजदुरहरुलाई ल्होत्सेकै कर्मचारीहरुले भड्काएपछि आगजनी र तोडफोडको घटना भएको उनीहरुको आरोप छ ।

बालाजु क्षेत्रमा भएको लुटपाटमासमेत ल्होत्सेबाटै परिचालित व्यक्तिहरुको संलग्नता रहेको आरोप लगाउँदै उनीहरुले सोमबार भएका सबै घटनाको सबै जिम्मा ल्होत्से बहुउद्देश्यीय प्रालिले नै लिनुपर्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #बालाजु क्षेत्रमा


तपाईको कमेन्ट लेख्नुहोस्