राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि समर्थन कायम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने बाहिरिए पनि समर्थन कायम राख्ने निर्णय गरेकाे छ ।
रास्वपाद्वारा आयाेजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछाने सरकारबाट पार्टी बाहिरिए पनि समर्थन कायम राख्ने बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएकाे समर्थन कायम रहन्छ।’
स्राेतका अनुसार सभापति लामिछानेलाई मन्त्री नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अडान लिएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हाे । साथै रास्वपालाई गृहमन्त्रालय पनि नदिने सन्देश प्रधानमन्त्री दाहालले दिएसँगै पार्टीले कडा निर्णय गरेकाे बताइएकाे छ ।
आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हाे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्