नेपालमा पनि विश्व क्यान्सर दिवस मनाइयो (फोटोफिचर)
काठमाडौ, २१ माघ – नेपालमा क्यान्सर सम्वन्धी विभिन्न सचेतना कार्यक्रम आयोजना गरि विश्व क्यान्सर दिवस मनाइएको छ।
नेपाल क्यान्सर रिलिफ सोसाइटीले राजधानीमा आज सचेतना र्याली सम्पन्न गरेको छ। विश्वव्यापी महामारीका रुपमा रहेको क्यान्सर विरुद्ध लड्न विश्व समुदाय एकजुट हुने उदेश्यले प्रत्येक वर्ष फ्रेबुअरी ४ मा विश्वभर क्यान्सर दिवस मनाइन्छ। यो वर्ष “हेरचाहमा हुने असमनताको अन्त्य गरौं” “Close the care gap” भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइएको छ।
नेपाल क्यान्सर रिलिफ सोसाइटीका अध्यक्ष महेश श्रेष्ठले विकसित राष्ट्र र मध्यम र कम विकसित राष्ट्रवीच क्यान्सर रोगबाट अल्पायुमा हुने मृत्युदरको खाडल ठूलो भएको बताउनु भयो। अध्यक्ष श्रेष्ठले यो हेरचाहको अन्तर कम गर्नु आजको चुनौती भएकाले सबै मिलेर हेरचाहमा समानता खोज्नु पर्नेमा जोड दिनुभयो। स्वास्थ्य उपचारमा हुने पहुचमा कमी, आधुनिक प्रविधिको अभाव, आयश्रोतमा कमी, शिक्षा तथा प्रचारमा कमी, जीवनशैली तथा अन्य अभाव र असमर्थताका कारण मृत्युदर बढी भएको हो। श्रेष्ठले विश्वको जुनसुकै कुनामा रहेपनि शिक्षा र आर्थिक अवस्थाको स्तर जे जस्तो भएपनि क्यान्सर रोगबाट मानिसको अकाल मृत्युबाट बचाउन सबैले समान निदान र उपचार पाउने सुनश्चितता हुनुपर्ने बताउनु भएको छ।
कार्यक्रममा नेपाल क्यान्सर सोसाइटीका बोर्ड सदस्यहरु, चिकित्सक, समाजसेवी, स्वास्थ्यकर्मी, विद्यार्थी, ॐ शान्तिका सदस्यहरुको सहभागिता रहेको थियो। धिमेबाजा बजाउदै भृकुटीमार्ग प्रदर्शनी मार्ग बाट सुरु भएको प्रभातफेरी सहिदगेट, नयाँसडक, जुद्ध शालिक, रत्नपार्क, जमल हुदै पुन भृकुटीमण्डपमा आएर सम्पन्न भएको थियो। यसका साथै देशका विभिन्न भागमा सोसाइटीको शाखा कार्यालयहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

क्याटेगोरी : फोटो फिचर, समाचार, स्वास्थ्य
ट्याग : #hot, #nrcs nepal, #काठमाडौँं महानगरपालिका, #नेपाल अर्बुद रोग निवारण सस्था, #महेश श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्