नेपाल विद्यार्थी संघमा थप विवाद, शेखर समूहले बनायो स्ववियु निर्वाचनसम्बन्धी १३ समिति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा विवाद झन् गहिरिएको छ । संस्थापन र इतर समूहका विद्यार्थी नेताबीच विवाद झन गहिरिएको हो ।
चैत ५ गतेका लागि मिति घोषणा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि संघका अध्यक्ष दुजाङ शेर्पाले पुस २८ गते २ समिति गठन गरेका थिए । पूर्वकेन्द्रीय सदस्य पूजन गन्धर्वको संयोजकत्वमा घोषणापत्र तयारी समिति र डा। सन्तोष उपाध्यायको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेका थिए । गन्धर्वको समितिमा ३३ सदस्य रहेका छन् । जुन् समितिले अहिले घोषणापत्र लेखन कार्यर्लाइ अघि बढाइरहेको छ ।
यता, बिहीबार पार्टीभित्र शेखर समूहका विद्यार्थी नेताहरूले पनि स्ववियु निर्वाचनका लागि भन्दै विभिन्न समिति गठन गरेका छन् । समानान्तर समिति गठन भएसँगै नेविसंघभित्रको तीव्र विवाद अझ सतहमा आएको हो ।
शेखर समूहका विद्यार्थी नेता इञ्जिनियर तारा बहादुर थापाले दिएको जानकारीअनुसार बिहीबार नेपाल ल क्याम्पस प्रदर्शनी मार्गमा भेला गर्दै स्ववियु निर्वाचन केन्द्रित विभिन्न समितिहरू गठन गरेको छ । गठित समितिहरूमा घोषणापत्र निर्माण समिति संयोजनमा धर्मराज शाही चयन भएका छन् ।
यस्तै, स्ववियु परिचालन समिति ई।सुवास पौडेल, स्ववियु प्रचार प्रसार समिति ई. भुवन भट्टको संयोजकत्वमा गठन भएको छ । स्ववियू समन्वय समिति संयोजक विक्रम आदित्य सिंह, स्ववियू जिल्ला समन्वय समिति संयोजक राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजक शुसान्त आचार्य, उपत्यका क्याम्पस इकाइ समन्वय समिति संयोजक नवीन केडी, युवा विधार्थी परिचालन समिति संयोजक जयराम वडाल, नेविसंघ सम्पर्क समिति परिचालन समिति संयोजक तिर्थ मिश्र, स्ववियु निर्वाचन प्रशिक्षण समिति संयोजक ताराबहादुर थापा, अन्तर प्रदेश समन्वय समिति तपेन खड्का, अन्तर विश्वविद्यालय समन्वय समित संयोजक मुना कंडेल, प्राविधिक विद्यार्थी समन्वय समिति संयोजक सुजन सापकोटा चयन भएका छन् ।
“संघको वैधानिक पूर्णताको माग, स्ववियु निर्वाचनको तयारी र ने।वि।संघ भित्रको एकाधिकारवादका विरुद्ध खबरदारी भेला गर्दै हामीले आज भेला गरेर निर्वाचन तयारी समितिहरु गठन गरेको हौं,” भट्टले भने, “संघभित्र एकाधिकारवाद हावी भएको छ । स्ववियु निर्वाचनमा हामीले अपेक्षित परिणाम ल्याउनका लागि संगठनलाई विधिसम्मत तवरले आम सहमतिका आधारमा अगाडि बढाउन तत्काल पूर्ण वैधानिक समिति गठन गर्न अपरिहार्य छ । त्यसकारण हामीले संघको वैधानिक पूर्णताको माग गर्न र स्ववियु निर्वाचनको तयारीका लागि १३ वटा समितिहरु गठन गरेका हौं ।”
शेखर समूहका विद्यार्थी नेताहरूले केही दिनअघि विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष दुजाङ शेर्पाले अवैधानिक तरिकाले नेपाल विद्यार्थी संघलाई चलाएको आरोप लगाएका थिए । उनीहरुले संघको विधान सातौँ संशोधन २०७५ को धारा ३१, ३४ र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत गुटगट स्वार्थका आधारमा विभिन्न जिल्ला तथा क्याम्पसहरूमा अवैधानिक निर्णय गरी बनाइएका सभापतिहरू समूहलाई मान्य नहुने भन्दै तत्काल खारेज गर्न सामूहिक रुपमा माग गरेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्