कपन साहित्य समाज यात्री स्मृति सम्मानबाट दुई स्रष्टा सम्मानित
कपन साहित्य समाजले एक विशेष समारोहकाबीच ‘कसास यात्री स्मृति सम्मान-२०७७’ वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति सम्मान-२०७८’ वरिष्ठ साहित्यकार प्रा डा गार्गी शर्मालाई प्रदान गरेको छ। कपन दर्पणकाे कविता विशेषाङ्क विमाेचनसहितकाे कार्यक्रममा स्रष्टाद्वयलाइ सम्मान गरेकाे हाे ।
कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित ‘कसास यात्री स्मृति सम्मान ‘ प्रदान गर्दै आएकाे छ । यही क्रममा वि. सं २०७५ मा प्रा. दयाराम श्रेष्ठ’ सम्भव र २०७६मा संस्कृतिविद् तेजेश्वर बाबु ग्वङ्गलाई प्रदान गरिएको थियो।
सम्मान कार्यक्रममा कपन साहित्य समाजद्वारा प्रकाशित कपन दर्पण (कविता विशेषाङ्क) २०७९ को लोकार्पण गरिएको थियो। १११ राष्ट्रिय तथा नवोदित कवि कवयित्रीहरुको रचना समेटिएको उक्त अङ्कको कभर पृष्ठमा करिब ५० बर्ष पहिलेको कपनको तस्विर समेटिएको छ भने डा रामप्रसाद ज्ञवालीको ‘कविताका आधारभूत मानक तथा कविता – मूल्याङ्कनका प्रमुखक आधार शीर्षकको अग्रलेख रहेको छ।
समाजका अध्यक्ष गणेशकुमार मिश्रको सभापतित्वमा आयोजित समारोहमा समाजका संरक्षक तथा बु न पा प्रमुख मिठाराम अधिकारी, प्रा हेमनाथ पोडेल, प्रा जगत प्रेक्षित, भारद्वाज मित्र लगायत कवि कवयित्री उपस्थित कार्यक्रममा सम्मानित श्रष्टा प्रा डा अभि सुवेदी, प्रा डा गार्गी शर्मा, प्रा डा शैलेन्दु प्रकाश नेपाल, नगर प्रमुख मीठाराम अधिकारी, अध्यक्ष गणेशकुमार मिश्रले सम्वोधन गरेका थिए ।
उपाध्यक्ष डा. विष्णु केसीले स्वागत गरेकाे उक्त कार्यक्रमकाे सञ्चालन महासचिव लक्ष्मण अधिकारीले गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #कपन साहित्य समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्