सांसद अरुण चौधरीलाई आज अदालत पेश गरिंदै
काठमाडौं । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई शुक्रबार कैलाली जिल्ला अदालतमा पेश गरिने भएको छ ।
वि.सं. २०६६ सालमा ट्याक्टर जलाएको घटनामा दोषी ठहर गरिएका चौधरीलाई अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।
बिहीबार पक्राउ परेका सांसद चौधरीलाई बिहीबार नै काठमाडौं ल्याएर धनगढी लगिएको थियो ।
कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते चौधरीसहित तीन जनालाई अदालतले ६ महिना कैद र ८ लाख १८ हजार रूपैयाँ क्षतिपूर्तिको फैसला गरेको थिया् ।
यसैबीच, सांसद चौधरीसहित धनगढी पुगेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सांसद चौधरीको गिरफ्तारीलाई नियोजित भन्नुभएको छ ।
नौ वर्षदेखि फरार भनिएका चौधरी मेयर र प्रदेशसभाको निर्वाचन लड्दासम्म फरार नहुने तर प्रतिनिधि सभामा निर्वाचित भएलगत्तै पक्राउ गर्नु नियोजित भएको उहाँको तर्क छ ।
यो घटनापछि सरकारलाई दिएको समर्थनबारे आफूहरु सोच्न बाध्य भएको पनि उहाँले बताउनु भएको छ ।
कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित अरुण चौधरी जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीका सहोदर भाइ हुनुहुन्छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #अरुण चौधरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्