राष्ट्रिय स्वतन्त्र पार्टी आजै सरकारबाट बाहिरिन सक्ने
काठमाडौं, १९ माघ । राष्ट्रिय स्तवन्त्र पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । सम्भवत: आजै सरकारबाट बाहिरिने पार्टीको तयारी छ ।
गृहमन्त्रालय नपाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको हो । आज पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ ।
बैठकले सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने बताइएको छ । संसदमा १९ जना सांसद भएको रास्वपाले सत्ता गठबन्धनको भागबन्डामा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो। सोही अनुसार सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए।
उनको पुरानो नागरिकता कायम नभएकाले सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उनको पद गुमेको थियो। नागरिकता पुन: प्राप्ति गरेपछि उनले फेरि गृह मै फर्कने इच्छा देखाएका थिए ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई गृहमन्त्रालय दिन अस्वीकार गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्