भिमसेनथापा ३ मा बाँदर आतङ्क, किसानलाई हिउँदे बालीनाली जोगाउनै हम्मे
ऋषि खनाल (रितिक) गोरखा । गोरखाका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । जिल्लाको भिमसेनथापा गाँपालिका–३ टारीफाँटका किसानले विगत लामो समयदेखि खेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए । विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो ।
यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने किसान फुर्सदिलो बनेका छन् । बाँदर आतङ्क बढ्दै गएपछि किसानलाे ५० रोपनीभन्दा धेरै जमिन बाँझै छाडेका छन् । उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका छन् । ‘धान जेनतेन थन्क्याउन सकिन्छ’, किसान हरि बाहादुर लामिछानेले भने, ‘हिउँदेखेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भइयो, लगाउनै छोडियो ।’
त्यसैगरी भिमसेनथापा ३ का कुलप्रसाद खनालले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हुल बाँदर पसेर सर्वनास पारिदियो । बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो समयमा आलु रोप्नै छाडेको बताए । ‘एकपटक पल्केपछि खेती सखाप नपारेसम्म नछोड्ने रहेछ’, उनले बाँदरको हैरानीबारे भने, ‘हजारौं खर्च गरेर महिना दिनसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भएका छन् ।
अहिले जति नै प्रयास गर्दा पनि आलुको व्यावसायिक खेती गर्न सकिएन ।’ बाँदरको हैरानी खेप्न नसकेका उनले दुई वर्षयता बाँदरबाट जोगिने बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेको बताए । अहिले जिल्लाभर बाँदरको आतङ्क फैलिएको छ । जिल्लाका प्राय सबै वडामा बाँदरको समस्या नभएको कुनै वडा छैन । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्नुपरेको छ ।
बाँदर आतङ्क किसानका लागि टाउको दुखाइको विषय बनेको सरोकारवालाको भनाइ छ । बाँदर धपाउन समूह बनाएर बस्दा पनि समाधान नभएको स्थानीयले गुनासो गर्छन् । भिमसेनथापा ३ नाङेका ठाकुर ढकालले भने, ‘पहिला कुकुर भुक्दा भाग्थ्यो, अहिले कुकुरलाई नै झम्टिन आउँछ ।’
त्यसैगरी ३ सिमलचैरका र्धमदत्त खनालले रोपेको २० केजी आलु बाँदर पसेपछि दुई सय बोट पनि बाँकी नराखेर उखेलेको गुनासो गरे । ‘अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ’, ‘पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ नाङेका अर्का कृषक ठाकुर खनालले बताए । बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत कृषकहरू हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #बाँदर, #भिमसेनथापा ३ मा बाँदर आतङ्क, #भिमसेनथापा गाँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्