म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा प्रवेश
काठमाडौं । नटिङघम फरेष्टलाई हराउँदै म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघमलाई २–० ले हराउँदै समग्रमा ५–० को जितसहित युनाईटेड फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा युनाईटेडले ३–० को अग्रता बनाएको थियो ।
दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एक/एक गोल गरे ।
खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । त्यसपछि ७६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई २–० को जित दिलाए ।
अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा साउथह्याम्पटनलाई हराउँदै न्युकासल युनाइटेड फाइनलमा पुगेको हो ।
काराबाओ कप फुटबलको फाइनल खेल यही फेब्रुअरी २६ तारिखको दिन वेम्बले रंगशालामा हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #म्यानचेस्टर युनाईटेड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्