स्पेनिस ला लिगामा बार्सिलोना विजयी
मड्रिड । स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोनाले बुधबार राति भएको खेलमा रियाल बेटिसलाई २-१ गोलको नतिजामा पराजित गरेको छ। बेटिसको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा आक्रमक बनेको भ्रमणकारी बार्सिलोनाका लागि ६५औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए। अलेहान्द्रो बाल्डेले दिएको क्रसलाई राफिन्हाले सहजै गोलमा परिणत गरेका थिए।
त्यसको १५ मिनेटपछि रोबर्ट लेवान्डोस्कीले गरेको गोलसँगै बार्सिलोनाले अग्रता दोब्बर पारेको थियो। रोनाल्डा अराउहोले दिएको पासलाई तीन खेलको प्रतिबन्धपछि मैदानमा फर्किएका लेनान्डोस्कीले गोलमा परिणत गरेका थिए।
निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी रहँदा बार्सिलोनाका डिफेन्डर जुलेस कोन्डेले आत्मघाती गोल गरेसँगै क्लिन सीट भने राख्न सकेन।
जितसँगै १९ खेलबाट ५० अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा छ। समान खेलबाट ३१ अंक जोडेका रियाल बेटिस छैटौं स्थानमा छ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #बार्सिलोना, #रियाल बेटिस, #स्पेनिस ला लिगा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्