आजपनि बालुवाटार पुगे रवि लामिछाने, गृहमन्त्री बनाउन ढिपी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि बालुवाटार पुगेका छन्। गुमेको गृहमन्त्री पदको बारेमा छलफल गर्न लामिछाने बालुवाटार पुगेका हुन् ।
भेटमा लामिछानेले पूर्व सहमती अनुसार गृह मन्त्रालय आफ्नै भागमा परेकाले गृहमन्त्रीमा पुर्नबाहाली गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले तत्काल गृहमन्त्रीमा नियुक्त नगर्ने बताएपछि उनी बालुवाटरबाट बाहिर निस्किएका छन् । बालुवाटरबाट निस्केपछि उनी नेकपा (एमाले) अध्यक्ष केपि शर्मा ओलीलाई भेट्न बालकोट जाने तयारीमा रहेको बुझिएको छ ।
सर्वोच्च अदालतले रविको नागरिकता अवैध भएको निर्णय गरेपछि उनको गृहमन्त्री पद गुमेको थियो। सर्वोच्चको आदेश अनुसार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिइसकेका छन्। नागरिकता पुनः प्राप्ती गरेसँगै उनले बारम्बार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेर गृहमन्त्रीमा पुर्नबाहाली गर्न दवाव दिदै आएका छन् ।
तर, प्रधानमन्त्री प्रचण्ड भने पुनः गृह मन्त्रालय रास्वपालाई दिने पक्षमा नरहेको बुझिएको छ। प्रचण्डको पछिल्लो निर्णयमा ओलीसमेत सहमत देखिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्