रवि लामिछाने अब जेल जान्छन्, प्रचण्ड र ओलीलाई पनि मुद्दा हाल्छुः युवराज पौडेल
काठमाडौं । अभियन्ता युवराज पौडेल सफलले रवि लामिछाने देशद्रोही भएको बताएका छन् ।
‘रवि लामिछाने भनेको देशद्रोही हो, अन्तर्राष्ट्रिय ठग हो, अन्तर्राष्ट्रिय गिरोह हो । उसको संरक्षण केपी ओलीले गरेका छन् । अझै पनि गृहमन्त्री बनाउनुपर्छ भनिरहेका छन् । एउटा व्यक्तिले दुई देशको नाागरिकता र राहदानी राख्न पाइन्छ ? अमेरिकी नागरिकलाई नेपालको जासुसी गर्ने अधिकार छ ? गृह मन्त्रालयमा रहँदा उनले कति करोड खाएर अध्यागमन विभागको डीजी फेरे ? कति खाएर काठमाडौंको एपी सरुवा गरे ? म प्रश्न गर्न चाहन्छु ।
रवि लामिछाने अब जेल जान्छ । उसले कसुर गरेको छ । जेलबाट निस्केर जेसुकै बनोस्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
रविलाई एमाले अध्यक्ष केपी ओलीले काखी च्यापेको आरोप पनि उनले लगाए । पौडेलले भने, ‘म रविलाई मात्र होइन, १४ जनाको घाँटी रेटेर हत्या गर्ने केपी ओली र पाँच हजार जनाको हत्या गर्ने मार्ने प्रचण्डविरुद्ध पनि मुद्दा हाल्दैछु । ? ओली र प्रचण्ड गद्दार हुन् । देशद्रोही रविलाई एमाले अध्यक्ष केपी ओलीले किन काखी च्यापे ? हजारौं वर्ष नेपालमा बसेकाले नागरिकता नपाउने तर रविले एक घन्टामै पाउने ? काठमाडौंका सीडीओ किन थुरथुर कामेका छन् ?’
तपाईं रवि लामिछानेविरुद्ध किन यसरी लागिरहनुभएको छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘युवराज सफल एक्लै लडिरहेको छ । जीवनभरि लडिरहन्छ । युरोपियन युनियन, अमेरिका, ओली एन्ड दाहाल कम्पनीलगायत भ्रष्ट, दलाल, तस्कर, माफियाका नाइकेहरु रविको पक्षमा लागिरहेका थिए । उनीहरु परास्त भएका छन् । यो मुलुकमा सर्वोच्च अदालत पनि रहेछ । न्यायमूर्तिहरु पैसा र धम्कीसँग डराउँदा रहेनछन् । उनीहरुलाई उच्च सुरक्षा दिनुपर्छ भन्ने मेरो माग छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #युवराज पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्