यूएसएआईडी प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउँदै
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउनु हुने भएको छ ।
युएसआइडीले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । उहाँ फागुनको पहिलो साता नेपाल आउने विज्ञप्तिमा उल्लेखछ। यूएसएआईडीकी प्रमुख सामन्था नेपाल बस्दा नागरिक समाजका अगुवाहरू,सामुदायिक समूहहरू,विद्यार्थीहरू,व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका लागि गर्न सकिने प्रयास र उपलब्धिहरूबारे छलफल गर्नुहुने विज्ञिप्तिमा उल्लेख छ ।
सामन्थाको भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिईने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज, र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरूलाई सुदृढ गर्न र गति निर्माण गर्न नयाँ प्रयासहरूको घोषणा गर्ने उल्लेख छ ।
सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #यूएसएआईडी, #सामन्था पावर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्