बैंकको ऋणले थिचिएका किसानले अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ?- गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले सरकारले किसानलाई क्षतिपूर्ति बापत दिनुपर्ने रकम नदिएको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले बर्डफ्लू न्यूनीकरणका लागि सरकारले किसानहरूको कुखुरा फर्म नष्ट गर्दा दिनुपर्ने निर्णय गरेको ५८ करोड नदिएको भन्दै आपत्ति जनाएका हुन् ।
अहिले ती किसानहरू मन्त्रालय धाइरहेको र सरकारले केवल आश्वासनको भरमा टारिरहेको उनको आरोप छ । ‘सयौंका संख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन् । यी तिनै किसान हुन् जसले बैकबाट ऋण लिएर साना-साना कुखुरा फार्म चलाएका छन् ।
बर्डफलूको जोखिम न्यूनीकरणका लागि सरकारको निर्णयबाट तिनीहरुको कुखुरा फार्म नष्ट गरियो । नियमअनुसार किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दै तर दिँदैन झुलाउँछ । किन कि सरकारलाई भ्याइनभ्याई छ । बैंकले उनीहरुलाई अठ्याउँछ । मेरो सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो ?’ उनले संसद्मा प्रश्न गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगनकुमार थापा, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्