किसानहरूलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन्छौं : मन्त्री पाेखरेल
राेसन दानी बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्री केशव प्रसाद पाेखरेलले बागमती प्रदेशका किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान प्रदान गर्ने बताएका छन् । बागमती प्रदेश सरकारले किसानहरूकाे दूध उत्पादनमा जाेड दिन र सिधा वास्तविक किसानकै हातमा राज्य छ भन्ने अनुभुती गराउनलाई उक्त अनुदान प्रदान गरिने भएकाे हाे ।
सानाे परिमाण दूध उत्पादन गर्ने किसानहरूले राज्यबाट अभिभाबकीय भुमिका महशुस गरून भन्दै प्रदेश सरकारले याे कार्यक्रम लागू गरिएकाे मन्त्री पाेखरेलकाे भनाई छ । मन्त्री पाेखरेलले भने,”बागमती प्रदेश सरकार अन्तर्गत बागमती सरकारले लिटरमा ५ रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो, त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी र भरपर्दो सहकारी संस्थाहरुबाट किसान समक्ष प्रदान गर्ने निर्देशन दिईएकाे छ ।”
बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो बर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । मन्त्री पाेखरेलले बागमती प्रदेशलाई आधुनिक खेती प्रणालीवाट जनजिबीकालाई सहज र परिणाममुखी बनाउन हरेक गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #केशव प्रसाद पाेखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्