महोत्तरीका विभिन्न सरकारी कार्यालयबाट दश जना बिचौलिया पक्राउ
महोत्तरी । प्रहरीले महोत्तरीका विभिन्न सरकारी कार्यालयहरूबाट दश जना बिचौलियालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई दिनमै जिल्ला प्रशासन कार्यालयबाट पाँच जना र भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट पाँच गरी दश जना बिचौलियालाई पक्राउ गरेको हो ।
मङ्गलवार भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराई दिने भनी प्रलोभन देखाई पैसा बार्गेनिङ गरिरहेको गोप्य सूचनाको आधारमा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पक्राउ पर्नेमा मटिहानी नगरपालिका–९ का ५२ वर्षीय अजिमउदिन अन्सारी रहेका छन् भने भूमिसुधार तथा मालपोत कार्यालयबाट सोनमा गाउँपालिका–२ का ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका –१ का ३० वर्षीय बिक्रम चौधरी, औरही नगरपालिका–४ का ५४ वर्षीय सुरेश गोप र बलवा नगरपालिका–१० का ३८ वर्षीय अमित कुमार मल्लिक रहेका छन् ।
पक्राउ परेका पाँचै जना बिचौलियालाई जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा उपस्थित गराई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसअघि सोमबार प्रहरीले महोत्तरी गाउँपालिका–४ बस्ने नागेन्द्र पासवान, मटिहानी न.पा.–२ बस्ने उदयशंकर यादव, जलेश्वर नगरपालिका–२ बस्ने विनोद साह, विनोदकुमार महतो र रामगोपालपुर नगरपालिका–८ बस्ने विशम्भरप्रसाद साहलाई पनि बिचौलियाको काम गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो ।
सेवाग्राहीको बढी भिडभाड हुने गरेको फाइदा उठाउँदै बिचौलियाहरू सक्रिय भएको जनगुनासो आउन थालेपछि प्रहरीले सोको रोकथामका लागि यो कदम उठाएको हो ।
प्रहरी नायव उपरिक्षक पोखरेलले भन्नु भयो ‘‘बिचौलियाको काम गर्ने गरेको आरोपमा पक्राउ परेका अधिंकास लेखनदासहरू नै हुन । सेवादाता र सेवाग्राहीबिच पुलको काम गरिदिने लेखनदासको काम भए पनि तोकिएभन्दा बढी रकम लिएर बिचौलियाको काम गरिदिने गरेको पाइएको छ त्यही भएर प्रहरीले यो अपरेशन थालेको छ ।’’
क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्