क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा
पोखरा। नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । लामिछानेलाई बलात्कार आरोपमा पीडित किशोरीले दिएको निवेदनका आधारमा प्रहरीले २० असोजमा पक्राउ गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएपछि उनी २८ पुससम्म कारागारमा बसेका थिए । २८ पुसमा उच्च अदालत, पाटनले उनलाई २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दियो । २९ पुसमा उनी रिहा भएका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #नेपाल क्रिकेट संघ, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्