भोकमरी सूचकाङ्कमा भारतभन्दा नेपाल बलियो, कर्णाली उच्च जोखिममा
काठमाडौँ, माघ । विश्व भोकमरी सूचकाङ्क प्रतिवेदन २०२२ अनुसार भोकमरी सूचकाङ्कमा भारतभन्दा नेपाल बलियो देखिएको छ ।
नयाँ सूचकाङ्कमा १ सय २१ मुलुकको भोकमरीको अवस्था सार्वजनिक गरिएको हो । जहाँ नेपाल १९.१ अंकका साथ ८१ औं स्थानमा छ । त्यहीँ २९.१ अंकसहित भारत विश्व भोकमरीयुक्त मुलुकको १०७ औं स्थानमा छ ।
दक्षिण एशियामा नेपाल विश्व भोकमरी सूचकाङ्कमा अन्य मुलुकको तुलनामा बलियो देखिएको छ । भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपालभन्दा कमजोर देखिएका छन् ।
बंगलादेश १९.६ अंकसहित ८४औं स्थानमा छ भने पाकिस्तान २६.१ अंकसहित सूचीको ९९औं स्थानमा छ । यस्तै २०.९ अंक पाएको अफगानिस्तान दक्षिण एशियाली क्षेत्रमा ११०औं सूचीसहित अन्तिममा छ ।
नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । सन् २०१४ यता नेपालले भोकमरी अवस्थामा २ अंकको सुधार गरेको छ ।
नेपालको अवस्था सन् २००० मा जोखिमपूर्ण थियो । सन् २००७ र सन् २०१४ मा नेपालको अवस्थामा सुधारमा आएको देखिएको थियो । सन् २०२२ को तथ्यांकमा भने नेपालले मध्यम जोखिमको अवस्थामा सुधार गरेको छ ।
भोकमरीको जोखिम कम रहेको मुलुकको सूचीमा बेलारुस एक नम्बरमा छ भने १२१ औं नम्बरमा यमन छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो ।
कर्णाली प्रदेशमा सबैभन्दा बढी भोकमरीको जोखिम
कठिन भौगोलिक अवस्था, कमजोर विकास पूर्वाधार, सञ्चार सुविधा, जनचेतनाको कमी जस्ता कारणबाट पौष्टिक खाद्यान्नको आवश्यकता पूर्ति गर्न कठिन भएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा सबैभन्दा बढी जोखिम कर्णाली प्रदेशमा देखिएको छ । कर्णालीसँगै सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका एक तिहाइभन्दा धेरै बालबालिका भोकमरीका कारण पीडित देखिएको छ । कम भोकमरीदर रहेको प्रदेशमा क्रमशः बागमती र प्रदेश नम्बर एक हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #भोकमरी सूचकाङ्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्