सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री दाहाल सकारात्मक
काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन साहले सुकुम्वासी बस्ती हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर साहले प्रचण्डसँग बागमती करिडोरस्थित थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन सहयोग मागेका हुन् ।
सुकुम्वासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको मेयर साहका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।उनका अनुसार प्रचण्डले सुकुम्वासी बस्ती हटाउने विषयमा सरोकारवालाहरुसँग पनि छलफल गर्ने बताएका छन् ।
यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो । सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।
बालेनले यसअघि गृह मन्त्रालयसँग सहयोग मागेका थिए । गृहले स्थायी समस्या समाधानको प्रयास गर्नुपर्ने भएकाले बल प्रयोग गरेर हटाउन नहुने सुझाव दिएको थियो । पछिल्लो समय बालेनले डोजर आतंकले उपत्यकावासीहरु आन्दोलमा उत्रिएका छन् ।
उनीहरुबीच राजनीतिक तथा समसामयिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरका, #पुष्पकमल दाहाल, #प्रधानमन्त्री, #बालेन साह, #सुकुम्वासी बस्ती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्