अन्तर्राष्ट्रिय श्रमिक नेता स्टिफन कटनलाई सम्मान
काठमाडौँ । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनका महासचिव स्टिफन कटनलाई सम्मान गरिएको छ । नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले काठमाडौँमा एक समारोहको आयोजना गरि ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतका महासचिव कटनलाई सम्मान गरेको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले विश्वस्तरको श्रमिक नेता स्टिफन नेपाल आउनु नेपाली श्रमिकको लागि गौरवको विषय भएको बताउनुभयो । कटनकोे नेपाल आगमनले नेपाली मजदुर आन्दोलनलाई बल पुग्ने उहाँको भनाई थियो । सार्क ट्रेड युनियनका महासचिव लक्ष्मण बस्नेतले स्टिफनको नेपाल आगमनले नेपाली श्रमिकले विश्व श्रमिकको साथ र सहयोग पाएको बताउनुभयो ।
फेडेरेशनका महासचिव कटनले नेपाली श्रमिकले आफूलाई गरेको मायाले आफू निकै खुशी रहेको बताउनुभयो । “म हिजो पनि, आज पनि र भोलि पनि तपार्इँ नेपाली श्रमिकको पक्षमा हुनेछु,”– उहाँले भन्नुभयो । फेडेरेशनका सदस्य एवम् नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राईले नेपालको श्रमिकको हक हित र अधिकारको पक्षमा आवाज उठाउने श्रमिक नेता स्टिफनको आगमनले नेपाली श्रमिकलाई खुशी मिलेको बताउनुभयो ।
ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनमा विश्वका १५३ देशमा हवाई, रेल, सडक, पानीजहाज, बन्दरगाहालगायतमा काम गर्ने श्रमिकका दुई करोड सदस्य आवद्ध छन् । उक्त फेडेरेशनमा विश्वका ७५० युनियन आवद्ध रहेका छन् । फेडेरेशनको १२७ वर्षको ईतिहासमा प्रथम पटक सो संस्था बाट कार्यकारी महासचिव नेपाल आउनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #अन्तर्राष्ट्रिय श्रमिक नेता, #स्टिफन कटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्