Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

शहीद सप्ताहमा महानगरको छैटौं दिन शोभाभगवतीमा श्रदाञ्जली सभा


सीतापौडेल(अर्चना)काठमाडौं।काठमाडौं महानगरपलिकाले शहीद सप्ताहाको छैटौं दिन आज शहीद गंगालाल श्रेष्ठ एवं दशरथ चन्दको सम्झनामा श्रदाञ्जली सभाको आयोजना गरेको छ। देश र जनताको लागि जीवनको आहुती दिने वीर शहीदको सम्झनामा कामपाले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज शोभाभगवतीमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

कामपाले शहीद दिवसको अवसरमा यहि माघ १० गतेदेखि शहीद सप्ताहा शुरु गरेको थियो ।

देश र जनताको स्वतान्त्रता र स्वाभिमानको माग गर्दा गदै राणा शासकले सन् १९९७ माघ १५ गते गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई काठमाडौंको वडा नम्बर १५ अवस्थित शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए ।

 माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचलीमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिएको थियो ।

कामपा १५ नम्बर वडासँगको समन्वयमा सम्पन्न भएको सो श्रदाञ्जली सभामा महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, महानगरका विभिन्न विभागीय प्रमुख तथा कर्मचारिहरु र १५ नम्बर वडाका विभिन्न सामाजिक संघ संस्थाहरुले शहिद गंगालाल श्रेष्ठ एवं दशरथ चन्दको पूर्णकदको शालिकमा माल्र्यापण गरेका थिए ।

 

शहीद सप्ताहाको अन्तिम दिन कामपाले भोली माघ १६ गते सोमबार विहान ८ बजेदेखि शान्ति बाटिकाबाट प्रभातफेरी गर्दै लैनचौरमा पुगेर शहीद स्तम्भमा सभा गर्ने अध्यक्ष ईश्वरमान डंगोलले जानकारि दिनुभयो।

महानगरले विं.सं २०१२ देखि शहीद दिवसको अवसरमा शहीद सप्ताह कार्यक्रम गदै आएको बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्