पत्रकार कल्याणकारी कोष स्थापना गर्ने प्रेस चौतारीको निर्णय
काठमाडौं, माघ १५ । प्रेस चौतारी नेपालले आफ्नो २५औं स्थापना दिवस भब्यताका साथ मनाउने निर्णय गर्दै पुरस्कारको राशी बृद्धि गरेको छ ।
प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको सचिवालय बैठकले ६ वटै पुरस्कारको राशी बृद्धि गर्ने निर्णय गरेको अध्यक्ष हो । जसअनुसार हृदयचन्द्र सिंह प्रधान र अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारको राशी ३५/३५ हजार पुर्याइएको छ ।
यसैगरी डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार, बीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार, चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारको राशी पनि २० हजार पर्याउने निर्णय सचिवालय बैठकले गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपालले प्रत्येक बर्ष माघ २२ गते पुरस्कार बितरण गर्दै आएको छ ।
सचिवालय बैठकले आगामी माघ २२ गते संगठनको स्थापना दिवस मुलुकभर बिशेष र रचनात्मक काम गरी मनाउने निर्णय गरेको छ । यस्तै पुरस्कार छनोटका लागि बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा ३ सयस्यीय समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष देविका घर्ती मगर र महासचिव हिरामान लामा सदस्य हुनुहुन्छ ।
बैठकले पुरस्कारलाई ब्यवस्थित गर्न र अप्ठ्यारोमा परेका सदस्यहरुलाई सहयोग गर्न ५० लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ ।
कोष स्थापनाका लागि पदाधिकारी, केन्द्रीय सदस्य, आयोग पदाधिकारी तथा सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्य र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई दायित्व तोकेको छ । सुरुमा आफ्नै सदस्यहरुको सहयोगमा कोष स्थापना गर्ने ठहरसहित दायित्व तोकिएको अध्यक्ष गणेश बस्नेतले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रेस चौतारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्