देशमा लगानीमैत्री वातावरण बनाउन आएको हुँ : उद्योग मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभइ अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताउनुभएको छ ।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भएपनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजि गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको बताउनुभयो ।
उहाँले सरकार लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउनेकुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढीरहेको बताउनुभयो ।
उहाँले उद्योगी, व्यापारीहरुले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योगहरु सञ्चालन गर्नका लागि आगामी दिनमा अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभइ उद्योगीहरुलाई प्रोत्साहित गर्ने र नीति कानून फुकाइदिने काम गर्ने बताउनुभयो । उहाँले उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई निर्यात गर्ने वस्तुहरुको भण्डारणका लागि ठाउँ हेरिरहेको बताउनुभयो । एक्स्पो ३ दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उद्योग, #दामोदर भण्डारी, #वाणिज्य तथा आपूर्तिमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्