Techie IT
मंगलबार, जेठ १२,२०८३

गृहमन्त्री रबि लामिछानेको वकिललाई न्यायाधीशको प्रश्न– कायम नरहेको नागरिकताबाट राहदानी बनाउन मिल्छ ?


काठमाडौं । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी  छ । गत बुधबार सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा राखिएको मुद्धा आज सुनुवाइका लागि पेशी तोकिएको हो । लामिछानेको नागरिकता विवाद नागरिकतामा मात्रै सीमित नभएर राहदानीमा प्रवेश पाएको छ ।

अमेरिकी नागरिकता त्याग नगरी आमेरिकी राहदानी पनि कायम रहेको अवस्थामा उनले पुनः नेपालबाट पनि राहदानी बनाएको आरोप पनि लामिछानेमाथि छ । अहिले गृहमन्त्री लामिछानेका वकिलहरुले बहस गरिरहेका छन् । लामिछानेका वकिललाई न्यायाधीशले कायम नरहेको नेपाली नागरिकता पेस गरेर राहदानी बनाउन मिल्छ ? भनेर प्रश्न गरेका छन् ।

अधिवक्ता केसीले जवाफमा यो विषय रिट निवेदकको विषय नभएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गृहमन्त्री रबि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्