प्रेम प्रसाद आचार्यको निधनमा प्रधानमन्त्री प्रचण्ड किन मौन ?
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको विषयमा अहिलेसम्म मौन छन् । उनको सवारी भएकै बेला पारेर आचार्यले संसद् भवन, नयाँ बानेश्वसमा शरिरमा पेट्रोल छर्किएका थिए । उनलाई उपचारको लागि किर्तीपुर पुर्याईएपनि भोलिपल्ट उनले देहत्याग गरेका थिए । यो विषय अहिले राष्ट्रव्यापी रुपमा उठेको छ। उनीप्रति श्रद्धाञ्जली अर्पणको ओइरो छ ।
उनले सार्वजनिक गरेको खातामा सहयोग पनि जारी छ । तर, देशको नेतृत्व गरेका प्रधानमन्त्री दाहालले भने अहिलेसम्म उनको निधनमा कुनै शोक व्यक्त गरेका छैनन् । मन्त्रिपरिषद् बैठकमा भने यो विषयमा छलफल भएको थियो । आचार्यले उठाएका विषयमा भने सरकारले छानबिन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री दाहालको आधिकारिक फेशबुक पेज सिएम प्रचण्डमा भने उनले एशियन बक्सिङ प्रतियोगिताको फाइनलमा पुगेकी सुष्मा तामाङलाई बधाई दिईएको छ । आज विहान निधन भएका लोकदोहोरी गायक भीम पौडेलको निधनमा दाहालले दुःख व्यक्त गरेका छन् । आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेशबुकमा राज्यको विषयमासमेत कुरा उठाएका छन् । उनले स्वयम प्रधानमन्त्री प्रचण्डको बारेमा समेत उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल, #प्रधानमन्त्री, #प्रेमप्रसाद आचार्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्