झापामा ६ महिनामा १३४ जनाले गरे आत्महत्या
झापा । झापामा आत्महत्याजन्य घटना बढिरहेको विभिन्न तथ्याङकहरुले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो छ महिनामा मात्रै १३४ जनाले आत्महत्या गरेका छन् । । आत्महत्या गर्नेमा ६० जना पुरुष, ५३ जना महिला र २१ जना बालबालिका रहेका छन् ।
झापामा आत्महत्याको तथ्याङ्क दिनप्रति दिन बढ्दो रहेको प्रहरीले जनाएको छ ।
यसरी आत्महत्याको तीव्र वृद्धि हुनु आर्थिक विपन्नता, प्रेमको असफलता र मानसिक रोगको असर लगायतका कारणहरू मुख्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी बताउनु भयो ।
जिल्ला प्रहरीको तथ्याङ्क अनुसार झापामा हरेक वर्ष आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । झापामा आर्थिक वर्ष ०७६/७७ मा २२३ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष ०७७÷०७८ मा ३३५ जना र आर्थिक वर्ष ०७८÷०७९ मा ३१३ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ ।
यसैबीच, झापाको कचनकवल गाउँपालिकामा सात महिना पहिले तीन युवतीहरूले आत्महत्या गरेका थिए । यस्तै, माघ १० गते दुई जना युवा, युवतीले एकै कपडा, एकै रुखमा झुन्डिएर आत्महत्या गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयसँग आबद्ध क्लिनिकल मनोपरामर्शविद् िप्रमेश प्रधानले समयमै गरिने सहयोगले जोखिममा रहेका व्यक्तिहरूलाई बचाउन सकिने बताउनु हुन्छ । सही सहयोग गर्न सक्ने–उचित परामर्श दिन सक्ने व्यक्तिहरू जस्तै मनोचिकित्सक, चिकित्सामनोविद्, मनोविमर्शकर्ता, स्वास्थ्यमा तालिम प्राप्त व्यक्तिहरूको सहयोग लिन प्रोत्साहन गर्ने, ११६६ मा हेल्प लाइनको सहयोग लिने, आत्महत्या तथा आत्म हानिबारे खुलेर कुरा गर्ने, कसैले आत्महत्याको बारेमा कुरा गर्यो भने उसको कुरा पूर्वाग्रह नराखी गम्भीरतापूर्वक र गोपनीयता राखेर सुनिदिने, सकारात्मक सोच विकास गर्ने, दैनिक रुपमा मर्निङ वाक गर्ने, आफूलाई मनोरञ्जनात्मक क्रियाकलापमा भुलाउने, सामाजिक, आध्यात्मिक र धार्मिक क्रियाकलापहरूमा सहभागी हुनुपर्ने उहाँको सुझाव छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आत्महत्या, #झापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्