डडेल्धुरा सदरमुकाममा अव्यवस्थित पार्किङलाई हटाउँदै प्रहरी
डडेल्धुरा । डडेल्धुराको सदरमुकामसँग जोडिएको महाकाली राजमार्गमा सवारी साधनको अव्यवस्थित पार्किङले आवागमनमा समस्या भएकाे छ ।
सवारी साधनको आवागमनमा समस्या भएपछि प्रहरीले पार्किङ हटाउन थालेको हाे । सडकको स्तरोन्नति र पार्किङ व्यवस्थापन गर्न सरोकारवाला निकायको ध्यान जान जरूरी छ ।
डडेल्धुराको सदरमुकामसँग जोडिएको महाकाली राजमार्गमा सवारी साधनको पार्किङले आवागमनमा समस्या देखिएपछि प्रहरीले हटाउने अभियान थालेको छ। सुदूरपश्चिम प्रदेशको ७ वटा पहाडी जिल्लासहित तराई र काठमाडाैंसम्म आवतजावत गर्ने यात्रुबाहक बस, एम्बुलेन्स तथा स्थानीय बजारमा चल्ने निजी तथा सरकारी सवारी साधन र पैदल यात्रुहरुलाई अफ्ठ्यारो हुन थालेपछि अस्तव्यस्त किसिमले भइरहेको पार्किङलाई व्यवस्थित गर्न लागिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुको मुख्य केन्द्रको रुपमा रहेको डडेल्धुराको सदरमुकाम बागबजार सडक छेउछाउमा निर्माणका सामग्री, अव्यवस्थित पार्किङले बजारको मुख्य सडक साँघुरो हुनुका साथै ट्राफिक जाम हुने गरेको स्थानीय दिनेश पाण्डेय र पुष्पराज पन्तको भनाइ छ ।
एकातिर राजमार्ग सडक साँघुरो छ भने अर्कोतिर सडकको क्षेत्र मिचेर बनाइएको घरटहराहरुले सडक झन साँघुरिदै गएको छ । डडेल्धुराको एक किलोमिटर बजार क्षेत्रमा भइरहेको जताततैको पार्किङलाई व्यवस्थित गर्न र दुर्घटनाको जोखिमलाई पनि कम गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभियान थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले बताउनुभएकाे हो ।
डडेल्धुराको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बागबजारको सडक किनारमा लहरै सवारी साधन पार्किङ गरिँदा पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका हुन् । सडकको स्तरोन्नति र पार्किङ व्यवस्थापन गर्न सरोकारवाला निकायको ध्यान जान जरूरी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डडेल्धुरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्