भारी हिमपातका कारण जुम्लामा विद्युत् सेवा अवरुद्ध
जुम्ला । मङ्गलवार बिहानदेखि भएको भारी हिमपातका कारण जुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । दुई दिन देखि लगातार भएको हिमपातले कतै पोल ढल्ने, तार चुँडिने र ब्याट्रीमा चार्जर नभएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।
लामो समयपछि परेको हिमपातले राष्ट्रिय प्रसारण लाइन जुम्लामा अवरुद्ध भएको हो । दुई दिन देखि जुम्ला अँध्यारो भएको छ । इलेक्टोनिक पसल देखि व्यापार व्यवसाय क्षेत्र सबै प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार निरन्तर हिमपातले जुम्लाको विभिन्न ठाउँमा बिजुलीका तार छुटिए पछि विद्युत् अवरुद्ध भएको हो ।
उहाँले भन्नुभयो,“ठाउँ ठाउँमा पोल ढलेका छन् । हिमपात जारी छ । पोल ढलेका छन् । मर्मत टिम फिल्डमै तैनाथ छ । मर्मत कार्य पनि जारी रहेको छ । बिद्युत् सेवाको प्रतिकुल समयमा थप महत्त्व हुने हुँदा हामी सचेत रहेका छौँ । लागि परेका छौ ।”
कठ्याग्रिदो चिसोलाई बेवास्ता गरेर समेत मर्मत कार्यमा जुटेको प्रमुख रावलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भारी हिमपात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्