स्वास्थ्य राज्यमन्त्रीको लगानी रहेको अस्पतालको शौचालयमा नर्स मृत फेला
काठमाडौं, ८ वैशाख । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानी रहेको अस्पतालको शौचालयमा नर्स मृत भेटिएकी छिन् ।
जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालकी नर्स रक्षा आले झुण्डिएको अवस्थामा फेला परेकी हुन्। महोत्तरी घर भएकी आलेको शव अस्पतालको शौचालयमा पासो लगाएको अवस्थामा फेला परेको हो ।
शनिबार राति १ बजे शौचालयको फलामे पाइपमा आलेले सलले पासो लगाई आत्महत्या गरेको बताइएको छ । आलेको भुण्डिएको शवले भुइँमा छोएको, भित्र छुरा पाइएको र ढोका फुटाइएकोले उनले आत्महत्या नै गरेकी हुन भन्नेमा शंका उब्जेको छ।
रक्षाका आफन्तले घटना शंकास्पद देखिएकाले घटनाको छानबिनको माग गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नर्स मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्