प्रेमप्रसादले आत्मदाह गर्नुको सबैभन्दा ठूलो कारण राज्य हो : मेयर बालेन्द्र शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले मंगलबार दिउँसो संसद् भवनअगाडि एक युवाले गरेको आत्मदाहको ठूलो कारण राज्य भएको बताएका छन् ।
संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका-११ निवासी ३६ वर्षीय प्रेम आचार्यको बुधबार बिहान निधन भएको छ । आचार्य निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर शाहले आत्मदाहका धेरै कारण र संकेतहरु भएपनि ठूलो कारण राज्य भएको मेयर शाहले बताएका छन् ।
‘..त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो,’ सामाजिक सञ्जालमार्फत मेयर शाहले भनेका छन्, ‘र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’ आचार्यले मागेको सहयोगको याचना, सुरक्षा, उद्दार र उनका हरेक चरणमा राज्य असफल भएको शाहले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्