Techie IT
सोमबार, जेठ ११,२०८३

संसद् भवनअगाडि आत्मदाहको प्रयास


काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ । घटनासम्बन्धी थप विवरण आउन बाकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #संसद् भवनअगाडि आत्मदाहको प्रयास


तपाईको कमेन्ट लेख्नुहोस्