प्रतिनिधि सभा बैठक : प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनुहुने सदस्यहरूको नामावलीसहित प्रस्तुत गर्नु भएको प्रस्ताव बैठकको सर्वसम्मतिले पारित गरेको हो ।
उक्त, प्रस्तावलाई सांसदहरु रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गर्नु भएको थियो ।
समितिको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही र अन्य कुरा नियमित गर्न तथा नियमित व्यवस्थापकीय कार्य गर्दा अपनाउनु पर्ने कार्यका लागि नेपालको संविधान अनुरुप प्रतिनिधि सभाको नियमावली मस्यौदा तयार गर्ने र नियमावली पारित गर्ने सम्मका अवस्थामा आइपर्ने सम्पूर्ण कार्यहरू गर्ने कार्यक्षेत्र रहेको छ ।
समितिलाई प्रतिनिधि सभा नियमावली मस्यौदा तयार गर्न १५ दिनको समयावधि तोकिएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेरका विषयमा जानकारी गराउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्