राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन नेपाली कांग्रेसले थाल्यो आन्तरिक तयारी
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन केन्द्रीत भएर आन्तरिक छलफल अघि बढाएको छ ।
सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई विजयी गराउने विषयमा आन्तरिक छलफललाई तीव्रता दिनुभएको हो ।
यही माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीतिमा छ ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष नेताको बैठक बोलाउनुभएको छ । बुधबारको बैठकमा केन्द्रीय कार्यसमिति बैठकका सन्दर्भमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
माघ १५ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । राष्ट्रपतिको निर्वाचन माघभित्र गर्न दबाब बढाउने कांग्रेसको तयारी छ ।
कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले संविधान र ऐनका प्रावधान बाझिएको बहानामा सरकारले राष्ट्रपति निर्वाचन टार्न खोजेको ठहर गरेको थियो ।
निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने संकेत गरेको छ ।
राष्ट्रपतिको निर्वाचन माघभित्रै गर्न निर्वाचन आयोगको लिखित ध्यानाकर्षण गराउने कांग्रेसको तयारी छ । साथै राष्ट्रपतिमा सत्ता गठबन्धनको समर्थन जुटाउन विश्वासको वातावरण बनाउन कांग्रेसको लागिपरेको छ । चार दलीय मोर्चालाई साथमा राखेर राष्ट्रपतिमा माओवादी र जसपाको साथ लिने कांग्रेस दाउमा छ ।
सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा नेकपा (एकीकृत समाजवादी), लोसपा र राष्ट्रिय जनमोर्चा सामेल थिए ।
राष्ट्रपति निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको समर्थन पाउने कांग्रेसको विश्वास छ । राष्ट्रपति निर्वाचनमा सम्भावित उम्मेदवारका रुपमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम लिनु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #राष्ट्रपति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्