राष्ट्र बचाउन सबै दलहरु एकतावद्ध भएर अघि बढ्न वरिष्ठ नेता पौडेलको आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरुलाई एकतावद्ध भएर अघि बढन आग्रह गर्नुभएको छ ।
राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढनुपर्नेे बेला आएको वरिष्ठ नेता पौडेलको भनाई थियो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरु एक ठाउँमा उभिएर अघि बढनुपर्ने तर्क गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले सत्ता राजनीतिको दवदवाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । उहाँले वर्तमान संविधानमाथि देश भित्र र बाहिरबाट समेत प्रहार भईरहेको भन्दै त्यसलाई जोगाउन पनि कांग्रेस र कम्युनिष्ट दुवै शक्तिहरुले मिलेर अघि बढनुपर्ने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले रेमिटयान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाई मुलुकको समृद्धिमा योगदान दिने काममा ढिलाई गर्न नहुने पनि जोड दिनुभयो । राष्ट्र निर्माणका लागि पनि हरेक लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रामचन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्