राष्ट्रपति जो बाइडेनको निजी निवासमा खानतलास, गोप्य दस्तावेज बरामद
काठमाडौं। सङ्घीय अनुसन्धान व्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजविनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उहाँका हस्तलिखित टिपोट एफबिआई आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् ।
राष्ट्रपति बाइडेनले स्वैच्छिकरूपमा एफबिआईको टोलीलाई खानतलासको अनुमति दिनुभएको थियो । यद्यपि उक्त टोलीले खानतलासीको पूर्जी प्रस्तुत नगरे पनि विशिष्ट प्रकृतिको खानतलासीमा कुनै समस्या नभए पनि यसले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ ।
गत पुस १२ गते राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिङ्टनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको खुलासा गरेपछि अनुसन्धान गर्न एफबिआई टोली राष्ट्रपतिको निजी निवासमा पुगेको हो ।
बाइडेन उपराष्ट्रपति रहेका बेलाका छ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट टोलीले फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताउनुभएको थियो ।
आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पको अशान्तिपूर्ण बहिर्गमनपछि अमेरिकी जनतामाझ आफ्नो सत्चरित्रयुक्त छवि रहेको चित्रण गर्ने प्रयासमा राष्ट्रपति बाइडेनलाई ठेस लागेको छ ।
तेह्रघण्टा लामो खोजविनका क्रममा गोप्य लेखिएका छ वटा दस्तावेज अनुसन्धान टोलीले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानुन व्यवसायी बब बउरले बताउनुभएको छ ।
बाइडेन सिनेटर र उपराष्ट्रपति रहेका बेलाका दस्तावेज टोलीले नियन्त्रणमा लिएको जानकारी पनि उहाँले दिनुभयो । टोलीले लिएका दस्तावेज कति गोप्य हुन् भन्ने स्पष्ट भएको छैन । अनुसन्धान टोलीले लिएका दस्तावेज कानुन मन्त्रालयले समीक्षा गर्नेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #जो बाइडेन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्