सम्झौता कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय आक्रोशित, फोहोर विसर्जन गर्न रोक्ने चेतावनी
काठमाडौं । उपत्यकाको ल्याण्डफिल साइट रहेको धादिङको बन्चरेडाँडाका स्थानीयले आफूहरुसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रभावित क्षेत्र धादिङ धुनिबेँसी नगरपालिकाका अनुसार अहिले पनि प्रहरीले खटाएर फोहोर विसर्जनको काम भइरहेकाले ल्यान्डफिल साइट वरिपरि कोही स्थानीय जाने बित्तिकै प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।
काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयसँग स्थानीयले पटक-पटक सम्झौता गर्दै आएपनि उनीहरूका माग सम्बोधन हुन नसकेको गुनासो उनीहरुले गरेका छन् । गत जेठमा फोहोर व्यवस्थापनको विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच दैनिकजसो झडप हुने गरेको थियो ।
काठमाडौंका सडकभरी फोहोर थुप्रिन थालेपछि मात्रै महानगरपालिकाको ध्यानाकर्षण हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #बन्चरेडाँडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्