प्रदेश १ को नामकरण छिटो टुङ्गिन्छ : मुख्यमन्त्री कार्की
काठमाडाैं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताउनुभएको छ ।
उहाँले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताउनुभयो । आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुङ्गिएको उल्लेख गर्दै सबै दलसँग छलफल गरी नामकरण गरिने बताउनुभयो ।
उहाँले प्रदेश संरचनाका विषयमा हुने टिप्पणीप्रति सजग रहेको उल्लेख गर्दै भन्नुभयो, “हामीले प्रदेशको औचित्य पुष्टि गर्ने छौँ, जनतालाई प्रत्याभूत हुने किसिमबाट काम अघि बढाउने छौँ ।”
उहाँका अनुसार प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको सङ्ख्या १३ बाट घटाएर नौ पुर्याइएको हो । मुख्यमन्त्री कार्की थप अधिकार प्रत्यायोजन भएर नआएसम्म मन्त्रालयको सङ्ख्या नबढ्ने उल्लेख गर्नुभयो ।
उहाँले प्रदेशमा भएका सबै जातिको मौलिकता संरक्षणका लागि प्रदेशस्तरीय सङ्ग्रहालय निर्माण गर्ने सोचमा रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रदेश १, #हिक्मतकुमार कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्