केपी ओली र उपेन्द्र यादवबीच भेटवार्ता : पावर शेयरिङमा जसपालाई पाखा लगाइएकाे गुनासो
काठमाडाैं । सत्ता साझेदार दलको भागबण्डामा उचित सम्मान नगरेको भन्दै असन्तुष्ट जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
ओली निवास बालकोट पुग्नुभएका यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गर्नुभयो । यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको रुचि रहेको धारणा राखेको बताइएको छ ।
अहिलेसम्म उपराष्ट्रपति माओवादीले पाउने सहमति भएको छ । यादव सो पदमा रामसहाय यादवलाई पठाएर आफू उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा आउन चाहेको बताइएको छ ।
मन्त्रालयको भागबण्डामा पनि यादवले ओलीसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ । जसपाका लागि वन मन्त्रालय र युवा खेलकुद मन्त्रालय राखिएको छ । यादवले भने समग्र भागबण्डाका विषयमा छलफल भएको जानकारी दिनुभयो ।
जसपालाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन ओलीले आग्रह गर्नुभएको छ । चुनावमा एमालेसँग मिलेर गएकाले अब पनि सो
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपेन्द्र यादव, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्