झा दम्पती हत्याका आरोपित दुई वर्षपछि पक्राउ
जनकपुरधाम । महोत्तरी जिल्लामा दुई वर्ष अगाडी झा दम्पतीको हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
घटना भएको दुई वर्षपछि फरार रहेका पिपरा गाउँपालिका ५ का ७२ वर्षीय तेज नारायण झालाई नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । २०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा को छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपता भएका थिए ।
बेपता भएको एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जाने बाटोमा बोरामा शरीरलाई टुक्रा पारी गाडिएको अवस्थामा झा दम्पतीको शव फेला परेका थियो ।
यसअघि प्रहरीले हत्या घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएकोमा ३ जना कारागारमा छन् भने ४ जना धरौटी दिएर रिहा भएका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्