गृहमन्त्री रवि लाई सांसद खतिवडाको प्रश्न- अभियुक्त पक्राउ नगर्ने अनि सूचना जारी गर्ने ?
काठमाडौं- गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पत्राचार गरेको विषयमा संसदमा रुलिङको माग गरिएको छ । कोइरीलाई पक्राउ नगरेपछि गृहमन्त्री रवि लामिछाने आलोचित बनिरहेका बेला शुक्रबार गृह मन्त्रालयले गृहमन्त्रीबाट पटक पटक कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारबाही गर्न प्रहरीलाई मौखिक निर्देशन दिएकोमा हालसम्म पक्राउ नगरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेर जानकारी दिएको थियो ।
साथै कोइरीलाई पक्राउ गरी तत्काल कारबाही गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको मन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो । उक्त विज्ञप्तिले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेको देखिएको र सुरक्षा संवेदनशीलता तथा गोपनीयताको विपरीत रहेको कांग्रेस सांसदहरुले बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेस सांसदद्वय रामहरि खतिवडा र अर्जुननरसिंह केसीले तत्कालले पक्राउ पुर्जी जारी गरेको अभिव्यक्तिलाई पक्राउ गर्न नसक्ने र विज्ञप्ति जारी गरेको भन्दै आपत्ति जनाएका हुन् ।
खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भन्दै प्रश्नसहित सभामुखसँग रुलिङको माग गरे । गृहमन्त्री लामिछानेले केटाकेटीपन प्रदर्शन गरेको भन्दै उनले भने, ‘गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो रु मान्छे पक्डिन नसक्ने अनि सूचना जारी गर्ने ?’
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #गृहमन्त्री, #रामहरि खतिवडा, #लक्ष्मी महतो कोइरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्