प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा १६६ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा ९७ मत खसेको थियो । मतदानमा २६४ जनाले भाग लिनुभएको थियो । मत दिन्न भन्नेमा एक जना रहनुभयो ।
मतदान प्रक्रियापछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मत विभाजनको नतिजाबारे जानकारी दिनुहुँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गर्नुभएकाले रानामगर उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो ।
रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन हुनुहुन्थ्यो । नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल हुनुहुन्थ्यो ।
रास्वपाका रानामगरलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दलका सांसदको समर्थन रहेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते मङ्गलवार दिउँसो १ः०० बजे बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इन्दिरा रानामगर, #उपसभामुख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्