प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको मनोनयन
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर र नेपाली कांग्रेसका सांसद मुक्ता कुमारी यादवले मनोनयन दर्ता गराउनुभएको छ ।
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा मगर र नेपाली कांग्रसको तर्फबाट यादवले संघीय संसद् भवन नयाँ बानेश्वरमा आज उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको हो ।
स्वतन्त्र पार्टीका सांसद रानामगरलाई उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले प्रस्ताव गर्नुभएको छ भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका सांसद नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहनुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उपसभामुख पदका उम्मेदवार यादवको प्रस्तावक नेपाली कांग्रेसका सांसद बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरी र लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ला रहनुभएको छ ।
उपसभामुख निर्वाचनका लागि भोलि दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने र उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपसभामुख, #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्