एक सिङ्गे गैँडा मृत अवस्थामा फेला
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका दुई सेहरिमा एक सिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ ।
आज दिउँसो १ः०० बजेतिरको समयमा माउ बच्चा गैँडा मृत अवस्थामा फेला परेको हो ।
घटनाका बारेमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटना स्थलमा आउँदै गरेको छ ।
माउको खाग नभएको अवस्थामा भेटिएको र बच्चाको खाग रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । बच्चा भाले गैँडा रहेको उहाँले बताउनुभयो ।
खाग नभएको अवस्थामा भेटिएकाले चोरी सिकारबाट मृत्यु भएको भन्ने आशङ्का गरिएको तर, प्राविधिक टोली घटनास्थल नपुगेकोले त्यस बारेमा अहिल्यै भन्न नसकिने उहाँको भनाई छ ।
निकुञ्जबाट निमित्त कार्यालय प्रमुख राजु घिमिरेको नेतृत्वमा पशु चिकित्सक सहितको टोली घटनास्थलतर्फ आउँदै गरेकोले उहाँले बताउनुभयो ।
पोस्टमार्टम रिपोर्ट नआउँदासम्म मृत्यु के कारणले भएको भन्ने बारेमा भन्न नसकिने उहाँको भनाई छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #एक सिङ्गे गैँडा मृत अवस्थामा फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्